स्व. कल्याणको सम्झनामा ६ लाख राशीको दोहोरीगीत प्रतियोगिता हुने

बस्नेत र रायमाझीलाई सम्मान गरिने

पाेखरा | असार २२, २०७९

स्व. कल्याणको सम्झनामा ६ लाख राशीको दोहोरीगीत प्रतियोगिता हुने

 

पोखरा:   लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता आयोजना हुने भएको छ । 

 

कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आगामी साउन १२ देखि १४ गतेसम्म पोखरा सभागृहमा स्रष्टा सम्मान तथा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण बहादुुर गुरुङ ‘ह्योल्मो’ नेपालकै सर्वाधिक पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता आयोजना गर्न गइरहेको बताए । उनका अनुसार उक्त प्रतियोगिताको विजेता जोडीले नगद रु ६ लाख प्राप्त गर्नेछ । यसैगरि द्वित्तिय हुने युगल जोडीले ४ लाख, तृतीय हुनेले २ लाख र सान्तवना  स्थान हाँसिल गर्ने जोडीले १ लाखको हकदार बन्नेछ ।

 

उनले उत्कृष्ट गायक र गायिकाकालाई जनही ५० हजारले पुरस्कृत गर्ने जानकारी दिदै अनुशासित एक समुहलाई नगद रु ५० हजार प्रदान गरिने बताए ।
यसैगरी प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले उक्त प्रतियोगितामा देशभरबाट करिब प्रतियोगितामा ४० देखि ४५ समुहको सहभागिता रहने बताए । 

 

उनले प्रत्येक समुहलाई प्रतियोगिताबाट नबाहिरिदासम्म दैनिक ३ हजार भत्ताको व्यवस्था गरेको समेत बताए । दाहालका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहनेछन् ।

 

उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी रहनेछन् ।

 

स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङका अनुसार सोही कार्यक्रमकै अवसरमा यसवर्ष स्वर्गीय योगन्द्र बहादुर बस्नेत र कलाकार तथा संगितकार नारायण रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरिने छ ।

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्